News Summary
Generated by OK AI. Editorially reviewed.- व्यवसायी राजबहादुर शाहलाई राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर तिरेबापत सम्मान गरिएको छ।
- नेपाल दूरसञ्चार प्राधिकरण सबैभन्दा बढी आयकर तिरेको निकायको रूपमा सम्मानित भएको छ।
- आर्थिक वर्ष २०८०/८१ मा विभिन्न क्षेत्रका कम्पनी र संस्थालाई कर तिर्ने आधारमा सम्मान गरिएको छ।
१ मंसिर, काठमाडौं । व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत उनलाई सम्मान गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भयो ।
वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना–प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका छन् । निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषि/पशुजन्यः पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएका छन् । स्वास्थ्य/शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटल सम्मानित भएका छन् ।
वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।
व्यक्तिगत आयकरमा राजबहादुर शाह र समयमै कर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् । ५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रुपमा युनिलिभर नेपाल सम्मानित भएका छन् ।
प्रतिक्रिया 4