News Summary
Generated by OK AI. Editorially reviewed.- रिहान प्रोडक्सनको फिल्म 'मुगलान' को गीत 'पिन्टु पियारी' युट्युबमा रिलिज भएको छ।
- गीतमा गायक हरि गिरी विमर्शी र शान्तीश्री परियारले स्वर दिएका छन् र हरिले संगीत तथा शब्द रचना गरेका छन्।
- फिल्ममा आर्थिक अभाव झेलेका युवाको भारतमा संघर्ष र अत्यचारको कथा समावेश छ।
काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को गीत रिलिज भएको छ । निर्माताले फिल्मभित्र समावेश गीत ‘पिन्टु पियारी’ युट्युबमा ल्याएका हुन् ।
डान्सिङ गीतमा शीर्ष कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । युना डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ ।
गीतमा गायक हरि गिरी विमर्शी र शान्तीश्री परियारले स्वर दिएका छन् । गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन् । त्यसअघि निर्माताले टिजर सार्वजनिक गरेका थिए ।
आर्थिक अभाव झेलेका एकजना युवा आफ्नो परिवारलाई सुखमा राख्नका लागि पैसा कमाउन भारत जान्छन् । उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथा फिल्ममा समावेश छ ।
फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलाको अभिनय छ ।
आशिष ढकालको पटकथा तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह छन् । रीता चौधरीले फिल्ममा लगानी गरेकी छन् ।
प्रतिक्रिया 4