News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले विश्व व्यापार संगठनमा आफ्नो प्रतिबद्धता तेस्रो व्यापार नीति समीक्षा मार्फत पुन: पुष्टि गरेको छ।
- जेनेभामा भएको समीक्षा कार्यक्रममा ४२ सदस्य राष्ट्र सहभागी थिए र १७ सदस्यले नेपाललाई १८७ भन्दा बढी प्रश्न पेस गरेका थिए।
- नेपालले महिला र युवा उद्यमशीलता प्रवर्द्धन, जलवायु सहनशील व्यापार संरचना विकास र लगानी आकर्षणका उपाय प्रस्तुत गरेको छ।
३ मंसिर, काठमाडौं । नेपालले विश्व व्यापार संगठन (डब्लूटीओ) मा आफ्नो प्रतिबद्धता पुन: पुष्टि गरेको छ ।
नेपालले डब्लूटीओमा नियमनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्राणालीमा जनाएको प्रतिबद्धता तेस्रो व्यापार नीति समीक्षा मार्फत पुन: पुष्टि गरेको हो ।
जेनेभामा भएको व्यापार नीति समीक्षामा नेपालको तेस्रो सहभागिता हो । यसै साता सोमबारदेखि जेनेभामा सुरु तेस्रो व्यापार नीति समीक्षा बुधबार सकिने छ ।
समीक्षा क्रममा नेपालको व्यापार तथा लगानीका क्षेत्रमा गरिएको संस्थागत, कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराइएको छ । साथै, महिला र युवा उद्यमशीलता प्रवर्द्धन, जलवायु सहनशील व्यापार संरचना विकास र देशमा लगानी आकर्षित गर्न अपनाइएका उपायलाई उजागर गरेको छ ।
डब्लूटीओका ४२ सदस्य राष्ट्र समीक्षा प्रक्रियामा सहभागी थिए । त्यसमा १७ सदस्यले नेपाललाई अग्रिम रूपमै १ सय ८७ भन्दा बढी प्रश्न पेस गरेका थिए ।
सदस्यहरूले नेपाललाई बहुपक्षीय व्यापार प्रणालीमा सक्रिय संलग्नता, मत्स्यपालन अनुदान सम्झौताका लागि प्रमाणीकरण र सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रयासका लागि प्रशंसा गरेका थिए ।
डब्लूटीओको व्यापार नीति समीक्षा एक महत्त्वपूर्ण पारदर्शिता प्रणाली हो । जसमा सहभागी सदस्य राष्ट्रले आफ्नो व्यापार नीति र अभ्यास प्रस्तुत गर्छन् । सदस्य राष्ट्रबीच सामूहिक मूल्यांकन, ज्ञान आदान–प्रदान र नीतिगत सुझावका लागि प्ल्याटफर्मका रूपमा काम गर्दै आएको छ ।
बैठकको अध्यक्षता काजकास्तानका राजदूतले गरेका थिए भने जापानका राजदूत टिप्पणीकर्ताको भूमिकामा थिए । नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा, राजदूत रामप्रसाद सुवेदी सहित अधिकारी सहभागी छन् ।
प्रतिक्रिया 4