+
+
WC Series
काठमान्डु गोर्खाज 2025
101/6 (12.6)
VS
४२ बलमा ४७ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

दलहरूलाई प्रधानमन्त्रीले भनिन्- निर्वाचन बहिष्कार गर्नेले अराजकता रोजेको ठहरिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १७:३२

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि दलले निर्वाचन बहिष्कार गरेको खण्डमा अराजकता रोजेको ठहरिने बताएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दलहरूसँग भएको संवादका क्रममा उनले यस्तो बताएकी हुन् ।

दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने उनको भनाइ थियो ।,

उनले मंसिर १० गतेभित्र अनिवार्य रुपमा निर्वाचन आयोगमा दल दर्ता गर्न पनि आग्रह गरेकी छिन् ।

‘म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु— मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस् । यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?