+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
4/1 (1.1)
Shares

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १४:२६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आएका छन् र अधिकांश तल्लो बाटोबाट अमेरिका पुगेका छन्।
  • मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले एक जना विद्यार्थी भिसामा गएर भिसा विपरित काम गरेको कारण फर्काइएको बताए।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेपछि २ सय बढी नेपाली डिपोर्ट भएका छन्।

४ मंसिर, काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् ।

डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।

ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको पंगेनीले बताए ।

बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरू छन् । यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ ।

फर्काइएकाहरू अधिकांशजसो रुकम/दाङतिरका रहेकाले प्रहरीले बताएको छ । यसरी फर्काइएकाहरूले जाहेरी दिने भने मानेका छैनन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २ सय बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?