+
+
WC Series
लुम्बिनी लायन्स 2025
90/3 (11.6)
VS
४८ बलमा ५३ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

मंसिरभित्र राष्ट्रिय सभा बैठक आह्वान गर्नुपर्नेछ : अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १६:५२

४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् ।

बिहीबार निर्माणाधिन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउनुपर्ने उनले भनाइ छ ।

आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि उनले बताए ।

‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम शुरु गर्नेगरी तयारी थालेका छौं,’ उनले भने ।

नयाँ संसद् भवनको काम रफ्तारमा अघि बढेको र चाँडै सम्पन्न गराउन सबैले ताकेता गर्न जरुरी रहेको उनको भनाइ थियो ।

आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताए ।

‘प्रतिनिधि सभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो । केही प्रगति भएको अनुभुति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधिसभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?