४ मंसिर, काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक सभा गरेरै पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार आगामी ८ मंसिरमा पोखरेलले एमाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नेछन् । ‘राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेरै अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो ।
मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए ।
तर जेनजी आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन् ।
प्रतिक्रिया 4