५ मंसिर, काठमाडौं । संविधानसभा सदस्य शिवचन्द्र कुशवाह र पूर्वऊर्जा राज्यमन्त्री सत्यनारायण भगत लगायतका नेताहरू जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील राष्ट्रिय अभियानमा लागेका छन् ।
माओवादी केन्द्रबाट संविधानसभा सदस्य बनेका शिवचन्द्र कुशवाह, बाराका नेकपा माओवादी केन्द्रका पूर्वइञ्चार्ज रन्जित पटेल र विभिन्न गाउँपालिकाका नेताहरूले बिहीबार पत्रकार सम्मेलन गरी प्रगतिशील राष्ट्रिय अभियानमा लागेको घोषणा गरेका हुन् ।
कुशवाह २०७९ को चैतमा बारा क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा माओवादी केन्द्र त्यागेर जनमत पार्टीबाट उम्मेदवार बनेका थिए ।
यसैगरी रौतहटका माओवादी केन्द्र इन्चार्ज एवम् केन्द्रीय सदस्य अशोक जयसवाल, अर्का केन्द्रीय सदस्य एवम् पूर्वऊर्जा राज्यमन्त्री सत्यनारायण भगतसहित ३२ जनाले पनि विज्ञप्ति जारी गरी प्रगतिशील राष्ट्रिय अभियानमा लागेको बताएका छन् ।
प्रतिक्रिया 4