News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबाद शहरमा रहेको कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
- आपतकाल सेवाका प्रवक्ता फारूक अहमदले प्रारम्भिक जाँचमा ग्यास चुहावटका कारण विस्फोट भएको बताए।
- विस्फोटबाट कारखाना नजिकका नौ घर प्रभावित भएका छन् र मृतकमध्ये तीन जना मजदुर छन्।
५ मंसिर, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने फैसलाबाद शहरमा अवस्थित एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विष्फोटमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि उद्धारमा खटिएका अधिकारीहरूले गरेका छन् ।
आपतकाल सेवाका प्रवक्ता फारूक अहमदले प्रारम्भिक जाँचका क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन् ।
उनले विस्फोटबाट कारखाना नजिकका नौ घर प्रभावित भएका पनि जानकारी दिए ।
मृतकमध्ये तीन जना मजदुर र बाँकी स्थानीय बासिन्दा रहेका बताइएको छ । पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले पीडित र उनका परिवार प्रति समवेदना व्यक्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4