+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

नयाँ ७ लाख राहदानी खरिद सम्झौता, तीन हप्ताभित्रै पहिलो किस्ता आउने

आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १९:४७

५ मंसिर, काठमाडौं । आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने भएको छ ।

राहदानी विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने जनाएको हो ।

साविकको फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँगै पुरानै मूल्यमा नबढ्ने गरी नयाँ ७ लाख विद्युतीय राहदानी खरिदको सम्झौता भएसँगै अब सेवाग्राहीले अनिश्चितकालसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विभागको भनाइ छ।

विभागले राहदानी जारी सम्बन्धी तीन वटा व्यवस्था मिलाएको जनाएको छ ।

यसअघि दैनिक १ हजारको संख्यामा अपोइन्टमेन्ट स्लट खोल्ने गरेकोमा सेवाग्राहीको माग अनुसार सो संख्यालाई विभागको दैनिक क्षमता अनुसार बढाइ सेवाग्राहीहरूलाई पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउँदै लगिने विभागले जनाएको छ । जसका लागि विभागका उपलब्ध जनशक्तिलाई आवश्यकता अनुसार अतिरिक्त समय काममा लगाई यथाशीघ्र राहदानी आपूर्ति सहज बनाउने व्यवस्था मिलाइने छ ।

विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन  दिएका आवेदकहरूको राहदानी साविककै हिसावमा एक दुई हप्ताभित्र छपाइ गरी पठाउने व्यवस्था मिलाउने आयोगको भनाइ छ ।

यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरूबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा १५ कात्तिकसम्म आवेदन दिने आवेदकहरूको राहदानी  दुई हप्ताभित्र र उक्त मितिपछि आवेदन दिने आवेदकहरूको राहदानी साविक बमोजिम क्रमशः छपाइ गरी पठाउने व्यवस्था मिलाइने छ ।

विभागका अनुसार यस व्यवस्थाले राहदानी पुस्तिकाको पर्याप्त मौज्दात सुनिश्चित भएकोले राहदानीको उत्पादन कटौती हटाएको छ।

यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थान गर्न नसकेको कारण राहदानी विभागले दैनिक एक हजारमा सीमित गरी उपलब्ध गराउँदै आएको थियो । नवीकरण गर्नुपर्ने र नयाँ लिनुपर्ने गरी दैनिक करिब ६ हजार राहदानीको माग भए पनि सरकारले एक चौथाइ पनि उपलब्ध गराउन नसक्दा सेवाग्राहीलाई निकै ठूलो मर्का परिरहेको थियो।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?