News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरस्थित राहदानी विभागबाट आठ बिचौलियालाई पक्राउ गरिएको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार ३ र मंगलबार ५ जना गरी आठ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरुले राहदानी बनाउन गएका सेवाग्राहीलाई दुख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको एसपी काजिकुमार आचार्यले बताए।
२ मंसिर, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो ।
उनीहरुले राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई दु:ख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
पक्राउ परेकाहरुमाथि अहिले सोधपुछ भइरहेकाले प्रहरीले उनीहरुको विवरण सार्वजनिक गरेको छैन । पछिल्लो समय राहदानी विभागमा बिचौलीहरुको बिगिबिग भएको भन्दै नागरिकले गुनासो गर्न थालेपछि प्रहरीले कारबाही अघि बढाएको छ ।
प्रतिक्रिया 4