+
+
Shares

राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी विभागमा सेवाग्राहीसँग राहदानी बनाईदिने भन्दै रकम असुल्ने दुई जनालाई विभाग परिसरबाट पक्राउ गरिएको छ।
  • पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको विभागले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
  • राहदानी विभागले भष्ट्राचार विरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गरेको र रकम माग भए प्रशासन शाखा वा सम्पर्क नम्बर ०१–५९७०३२५ मा जानकारी गराउन अनुरोध गरेको छ।

१३ कात्तिक, काठमाडौं । राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग राहदानी बनाईदिने भन्दै पैसा लिने दुई जनालाई पक्राउ गरिएको हो ।

विभागमा आउने सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा दुई जना शंकास्पद व्यक्तिहरूलाई विभाग परिसरबाट पक्राउ गरिएको विभागले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइको विभागले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

राहदानी विभागले भष्ट्राचारजन्य गतिविधिका सम्बन्धमा जो कोही विरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गरेको जनाएको छ । यस प्रकारका कुनै पनि बहानामा सेवाग्राहीबाट रकम असुली/ठगी गर्नेहरूबाट सावधान रहन अनुरोध गरेको छ ।

कसैले कुनै पनि बहानामा रकम माग गरेमा सोझै विभागको प्रशासन शाखामा वा विभागको सम्पर्क नम्बर ०१–५९७०३२५ वा इमेल ठेगाना: dg@nepalpassport.gov.np मा जानकारी गराई भ्रष्ट्राचारजन्य गतिविधि विरुद्धको कारवाहीमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?