+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.2)
Shares

सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषा यज्ञ मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते २०:३३

६ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ मनाइएको छ ।

त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिवधनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकी सित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेश्रो दिन जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा धनुष यज्ञ मनाइएको हो ।

जसमा रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाइएको छ ।

रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । र त्यसपछि सीतासँग रामको विवाह भएको धार्मिक मान्यता छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको दोश्रो दिन हिजो फूलबारी लिला मनाइएको थियो भने पहिलोदिन बिहीबार  नगरदर्शन गरिएको थियो ।

चौथो दिन भोलि तिल्कोत्सव रहेको छ । पाँचौदिन सोमबार राम र जानकीको मटकोर, छैटो दिन मंगलबार विवाहको मुख्य दिन विवाहपञ्चमी र छैटो दिन बुधबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?