७ मंसिर, जनकपुरधाम । धनुषामा कारले दम्पतिलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं २ नक्टाझीज हजरा चोकस्थित आज बिहान जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०३१ च २०३६ नम्बरको कारले साईकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो ।
ठक्करबाट मिथिला नगरपालिका-१ लक्ष्मी निवासका ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् भने उनकी पत्नी वर्ष ५५ का सुमित्रा देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4