News Summary
Generated by OK AI. Editorially reviewed.- एनएमबी बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश घोषणा गरेको छ।
- लाभांशमा ५ प्रतिशत सेयर बोनस र करसहित ५ प्रतिशत नगद लाभांश समावेश छ।
- कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।
७ मंसिर, काठमाडौं । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत सेयर बोनस र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभांश प्रदान हुने बैंकले जनाएको छ । सो लाभांश नेपाल राष्ट्र बैंक तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४० रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4