News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा झापाको भद्रपुरका ज्योति थापा घताने र ललितपुरका सुशील श्रेष्ठ पक्राउ परेका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पक्राउ परेकामाथि आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको बताए।
- उनीहरुले जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको सार्वजनिक भिडियो र फोटोको आधारमा प्रहरीले पक्राउ गरेको छ।
७ मंसिर, काठमाडौं। सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् ।
पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनीहरुले जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको प्रहरीले बताएको छ । सार्वजनिक भिडियो, फोटोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4