News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशमा २१ फागुनको प्रतिनिधि सभाको निर्वाचनका लागि ४६ हजार २० मतदाता नामावलीमा थपिएका छन्।
- मतदाता थप्नेमा कैलाली सबैभन्दा अगाडि छ जहाँ १८ हजार २१३ जना नयाँ मतदाता दर्ता भएका छन्।
- कम मतदाता थपिएको बाजुरामा १ हजार ५१७ जना र अन्य जिल्लामा पनि हजारौं मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ।
८ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा ४६ हजार नयाँ मतदाता थपिएका छन् । २१ फागुनमा तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले २९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धीत निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको बताए ।
उनकाअनुसार सबैभन्दा मतदाता कैलालीमा थपिएका छन् भने कम बाजुरामा रहेका छन् । कैलालीमा १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको चौधरीले बताए । सबैभन्दा कम रहेको बाजुरामा एक हजार ५१७ जना थपिएका छन् ।
कैलालीपछि क्रमश: कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, अछाममा दुई हजार ६०४, बझाङमा दुई हजार ३४५, डडेल्धुरामा एक हजार ८९२ र डोटीमा एक हजार ८७८ जना मतदाता थपिएका छन् ।
प्रतिक्रिया 4