+
+
Shares

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १६:१४

८ मंसिर, काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेका हुन् ।

एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।

 सुमनराज राष्ट्रिय योजना आयोग, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव भएका व्यक्ति हुन् । साथै, उनी कोशी प्रदेश सरकारको प्रमुख सचिव पनि भएका थिए ।

उनीसँगै  गोकर्णमणि दुवाडी, राष्ट्रिय तथ्यांक कार्यलयमा मधुसुदन बुर्लाकोटी, श्रम मन्त्रालयका कृष्णहरि पुष्कर र खानेपानी मन्त्रालयमा रहेकी प्रमिलादेवी बज्राचार्य मुख्य सचिवको प्रतिस्पर्धामा चर्चामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?