+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
९३ बलमा ११३ रन आवश्यक
कर्णाली याक्स 2025
27/3 (4.3)
Shares
विवाह पञ्‍चमीको पाँचौ दिन :

जनकपुरमा मनाइयो जानकीको मटकोर (तस्वीरहरू)

प्रतीकात्मक बालबालिकालाई बनाइएको जानकीलाई मटकोर गरिन्छ । मिथिलाको परम्परा अनुसार जानकीको मटकोर विधि गरिएको हो।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर ८ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन जानकीको मटकोर भव्यतापूर्वक गंगासागरमा सम्पन्न भएको छ।
  • मंसिर ४ गतेबाट सुरु भएको सीताराम विवाहपञ्चमीमा नगर दर्शन, फुलबारी लिला, धनुष यज्ञ, तिल्कोत्सव भइसकेको छ।
  • भोलि विवाहपञ्चमीमा भगवान राम र जानकीको डोला फेर गरी स्वयम्बर गरी विवाहको कार्यक्रम हुने छ।

८ मंसिर, जनकपुरधाम। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर मनाइएको छ ।

जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको एतिहासिक गंगासागरमा पुगेर भव्यतापूर्वक जानकीको मटकोर सम्पन्न गरिएको हो ।

प्रतीकात्मक बालबालिकालाई बनाइएको जानकीलाई मटकोर गरिन्छ । मिथिलाको परम्परा अनुसार जानकीको मटकोर विधि गरिएको हो।

सो अवसरमा गंगासागरमा नित्यदिन साँझ हुने महागंगा आरती दिउँसै सम्पन्न भएको छ। मटकोर अवलोकन गर्न हजारौं श्रद्धालुको भीड लागेको थियो।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको छैठौं दिन भोलि मंगलबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी स्वयम्बर गरी विवाहको कार्यक्रम हुने छ ।

मंसिर ४ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ।

भोलि विवाहपञ्चमी र बुधबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाइ अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ।

तस्वीरहरू : शैलेन्द्र महतो/अनलाइनखबर

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?