+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
२४ बलमा ५५ रन आवश्यक
कर्णाली याक्स 2025
85/9 (15.6)
Shares

जेनजी घटना : काठमाडौंबाट मात्रै २६७ जना पक्राउ, प्रहरी हत्या आरोपमा १३ जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १७:४७

८ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले २६७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूमा तोडफोड र आगजनी गरेको आरोपमा अहिलेसम्म २६७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको परिसरका एसएसपी रमेश थापाले बताए ।

जसमध्ये २६२ पुरुष र ५ जना महिला छन् । यसरी समातिएका मध्ये प्रहरी हत्यामा संलग्न भएको आरोपमा मात्रै १६ जना पक्राउ परेका थिए । उनीहरू मध्ये १३ जना अहिले पुर्पक्षका लागि कारागार चलान भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

३ जना भने अहिले अनुसन्धानका लागि हिरासतमै छन्  । अहिलेसम्म प्रहरी हत्यासहित अन्य मुद्दाका गरेर ४३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३३ जना धरौटीमा रिहा भएका छन् ।

११३ जनामाथि अहिले अनुसन्धान भइरहेको छ । ८७ जनालाई हाजिरी जमानीमा छाडिएको छ । पक्राउ परेकाहरूविरुद्ध १५४ मुद्दा दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?