८ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये सात जनाको पहिचान हुन सकेको छैन ।
प्रहरीले विभिन्न ठाउँहरुबाट जलेको अवस्थामा सात वटा शव फेला पारे पनि उनीहरुको अहिलेसम्म पहिचान हुन नसेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सात जनाको पहिचान हुन नसकेको बताए ।
काठमाडौंमा मात्रै ४९ जनाको मत्यु भएकोमा ती मध्ये सात जनाको पहिचान र सनाखत हुन सकेको छैन। त्यतिबेला हराएका सात जनाको हुलिया प्राप्त भए पनि प्रहरीले संकलन गरेको अस्थीपञ्जरहरू चिन्न नसक्ने अवस्थामा रहेकाले शवको पहिचान हुन नसेको हो ।
ती शवहरू डीएनए जाँचका लागि पठाइए पनि डीएनए जाँच समेत सम्भवन नभएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4