८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहका अजयभद्र खनालले जेनजीहरूका माग पूरा गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्ना माग लिएर जेनजीहरू प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका थिए ।
तर, उनीहरूले प्रधानमन्त्री कार्कीसँग भेट गर्न पाएनन् ।
उनीहरू प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गएका थिए ।
सरकार नातावाद र कृपावादमा लागेको उनीहरूको आरोप थियो ।
सो क्रममा मुख्य सल्लाहकार खनालले सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकार नातावाद, कृपावाद अन्त्य गर्न बनेको दाबी गरे ।
‘उहाँहरूको मागहरू सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो,’ खनालले भने, ‘तर उहाँहरूले जुन भेट नपाएको भन्ने जुन गुनासो छ । उहाँहरूलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौं ।’
प्रतिक्रिया 4