+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
१६ बलमा ३२ रन आवश्यक
लुम्बिनी लायन्स 2025
126/9 (17.2)
Shares

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा फोटो पत्रकारिता तालिम

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त पहलमा तीनदिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ।
  • तालिममा गण्डकी प्रदेशका ३० पत्रकारले पर्यटन प्रवर्द्धन, दृष्य अभिलेखन र गन्तव्य ब्रान्डिङबारे प्रशिक्षण लिएका छन्।
  • तालिमले ओझेलमा रहेका पर्यटकीय गन्तव्य, भाषा, संस्कृति र प्रकृतिका कथालाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

९ मंसिर, पोखरा । पर्यटन प्रबर्द्धनका लागि पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयूक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा तीनदिने प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले क्यामेराको लेन्सबाट गण्डकीका गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गरे ।

यूएनडीपीले विगतदेखि नै नेपालको दिगो पर्यटन विकासका लागि सहकार्य गरिरहेको उनले बताए । पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोसन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रममा प्राथमिकतामा राखेको उनको भनाइ छ।

यूएनडीपी गण्डकी तथा लुम्बिनी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले पर्यटनका सम्भावना पहाडदेखि हिमालसम्म फैलिएको भन्दै पत्रकारको भूमिका अझ निर्णायक बन्दै गएको बताए । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गरे ।

दिगो पर्यटन परियोजना प्रबन्धक धर्मराज दवाडीले यो प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशका ओझेलमा रहेका पर्यटकीय गन्तव्य, भाषा, संस्कृति र प्रकृतिका कथालाई थप प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुने उल्लेख गरे । नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणका क्रममा दोस्रो दिन तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट गराइने भएको छ । प्रशिक्षणमा गण्डकी प्रदेशका कास्की, बागलुङ, पर्वत, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङलगायतका विभिन्न जिल्लाबाट ३० पत्रकार सहभागी छन् । प्रशिक्षणले गण्डकी प्रदेशका नयाँ गन्तव्यहरुको पर्यटन प्रबर्द्धन, दृष्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटनमा टेवा पुग्‍ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?