+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

मकवानपुरको बकैया ५–६ जोड्ने पक्की पुल शिलान्यास

मुख्यमन्त्री बानियाँले भने– विकास नै संघीयताको आधार हो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुलको शिलान्यास भएको छ।
  • बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुनेछ।
  • पुल निर्माणपछि ८ सय घरधुरी लाभान्वित हुने र विद्यार्थी तथा किसानको आवतजावत सहज हुने मुख्यमन्त्री बानियाँले बताए।

१० मंसिर, मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पुल निर्माणको शिलान्यास गरे ।

बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो । श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ७ असार २०८४ मा निर्माण सम्पन्न गर्नेगरी ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

पुल निर्माणका लागि ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँमा लागत अनुमान गरिएको थियो । पुल निर्माण पश्चात् ८ सय घरधुरी लाभाम्वित हुने छन् । पुल नहुँदा बकैया–६ का विद्यार्थीहरूलाई बर्खाको समयमा विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको छ ।

पुल निर्माणपश्चात् किसान, विद्यार्थी, स्थानीय तथा गौतम बुद्ध अन्तर्रास्ट्रिय पर्यटन पार्कको लागि सहज हुनेछ । पुल शिलान्यासको क्रममा मुख्यमन्त्री बानियाँले समयमै कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

गाउँगाउँसम्म विकासको पूर्वाधार पुर्‍याउन तथा सबै नागरिकलाई समान ढंगले विकासको लाभ लिन संघीयताको परिकल्पना भएको बताए । विकास नै संघीयताको आधार भएको भन्दै उनले प्रदेश सरकारलाई अझ अधिकार सम्पन्न गर्न जरुरी रहेको भन्दै बताए ।

उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरेर जनतालाई प्रदेश सरकारको लाभ पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताउँदै जेनजी आन्दोलनको मुख्य माग पनि भ्रष्टाचार अन्त्य र सुशासन नै भएको धारणा राखे ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट  विनियोजन भई पुल निर्माण कार्य सुरु भएको बताए । उनले सम्झौता अवधिभित्रै पुल निर्माण कार्य सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे । आर्थिक, सामाजिक रुपान्तरणको लागि उत्पादनसँग जोडिन आवश्यक रहेको भन्दै उनले पुल बनेपछि स्थानीय उत्पादनलाई बजारीकरणमा पनि सहयोग पुग्ने धारणा राखे ।

पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान  गाउँपालिका अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?