+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

निर्वाचन आयोगमा दल दर्ता गर्नेको संख्या सय नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते २१:४०

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या एक सय नाघेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार चुनावमा भाग लिने भनेर दल दर्ता गर्नेको संख्या १०६ पुगेको छ ।

अझै दल दर्ता प्रक्रियामा आउँदैछन् । यही माग अनुसार निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थपेर मंसिर १४ गतेसम्म पुर्‍याएको छ ।

हाल निर्वाचन आयोगका दर्ता भएका दलको संख्या १३७ रहेको छ । यीमध्ये १०६ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेहरूमा नयाँ राजनीतिक दलको संख्या २१ रहेको छ । अझै दर्ता प्रक्रियामा १८ वटा दल रहेका छन् ।

निर्वाचन प्रयोजनका लागि प्राप्त निवेदनहरुमा १८ मंसिरसम्म छानबिन गर्ने र २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?