+
+
WC Series
लुम्बिनी लायन्स 2025
137/9 (19.1)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

ड्रोन खेलको व्यवस्थापन र नियमन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानवरहित विमान संघ नेपालले अनियमित ड्रोन र पाइलटविहीन उपकरणहरूको नियमन गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग माग गरेको छ।
  • संघका पदाधिकारीहरूले ड्रोन र पाइलटविहीन उपकरणहरू बिना स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको बताए।
  • संघले नियमन, अनुमति प्रक्रिया, निरीक्षण र अनुगमन कार्य प्राविधिक दक्षता भएका गैरसरकारी संस्थालाई जिम्मेवारी दिनुपर्ने सुझाव दिएको छ।

११ मंसिर, काठमाडौं । मानवरहित विमान संघ नेपालले नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिको नियमन गर्न माग गरेको छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग बिहीबार भेट गरी संघका पदाधिकारीहरूले देशका विभिन्न स्थानहरूमा ड्रोन रेसिङ तथा पानी र हावामा संचालन गरिने पाइलटविहीन उपकरणहरू बिना कुनै स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको बताए ।

सुरक्षादेखि खेलको मर्यादा तथा अनुशासनसम्म नकारात्मक प्रभाव पारिरहेकोप्रति उनीहरूले मन्त्रीको ध्यानाकर्षण गराए । यस्ता गतिविधिको नियमन, अनुमति प्रक्रिया, निरीक्षण तथा संचालन–अनुगमन कार्य केवल सरकारी निकायमा सीमित नराखी, प्राविधिक दक्षता भएका गैर–सरकारी संस्थालाई जिम्मेवारीसाथ प्रदान गर्नुपर्ने उनीहरूको भनाइ छ ।

नेपाल क्रिकेट संघले क्रिकेट खेलको सम्पूर्ण संरचना र व्यवस्थापन सम्हालेजसरी मानवरहित विमान–सम्बन्धी खेल तथा गतिविधिको औपचारिक संरचना संघ जस्ता विशेषज्ञ संस्थाले वहन गर्न सक्ने सुझाव दिइएको संघका महासचिव प्रवीन भट्टराईले जानकारी दिए ।

महासचिव भट्टराईले प्रविधिमूलक खेलहरूलाई मन्त्रालयले आफ्नो संरचनाभित्र समावेश गर्नुपर्ने र राज्यको औपचारिक सहयोगले मात्र नेपालमा टेक्नोलोजिकल स्पोर्ट्सलाई विश्वस्तरीय स्तरमा उकास्न सकिने धारणा व्यक्त गरिएको बताए ।

हालै स्पेनमा सम्पन्न ड्रोन ट्याक्सी प्रतियोगिताको उदाहरण प्रस्तुत गर्दै उनले नेपाल प्रविधि–नवप्रवर्तनमा पछि नपरोस् भन्नेतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यस्ता प्रतियोगिताको आयोजना गर्न अत्यावश्यक रहेको बताए ।

भेटपछि भविष्यमा आवश्यक नीतिगत पहल तथा समन्वय अघि बढ्ने अपेक्षा व्यक्त गरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?