११ मंसिर, काठमाडौं । महाधिवेशनको विषयमा विवाद चर्किरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
पार्टीभित्रको विवाद समाधानबारे छलफल गर्न उनले आफू निकट पूर्वपदाधिकारीहरूलाई बोलाएका हुन् ।
महाधिवेशनबारे कुरा नमिलेपछि विवाद मिलाउन देउवा आफैं अग्रसर भएका हुन् ।
छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. प्रकाशरण महतलगायतका नेताहरू सहभागी छन् ।
छलफलमा सहभागी नेताहरू आगामी प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पार्टीको १५औं महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् ।
प्रतिक्रिया 4