+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
३४ बलमा ४१ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
103/2 (14.2)
Shares

काठमाडौं मोडल कलेजको २२ औं दीक्षान्त समारोह सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडल कलेजले २२ औं दीक्षान्त समारोह गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा सम्पन्न गरेको छ।
  • समारोहमा करिब १५० जना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका थिए।
  • कलेजले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेको छ।

११ मंसिर, काठमाडौं । काठमाडौं बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजले २२ औं दीक्षान्त समारोह मनाएको छ ।

शुक्रबार गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित विशेष समारोह कलेजका अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त समारोहमा काठमाडौं मोडल कलेजमा अध्ययन गरी स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका करिब १५० जना विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा कलेज प्रमुख सुरेन्द्र सुवेदीले विद्यार्थीको प्रगतिमा सधैं गर्व रहने गरेको बताए । सुवेदीले विद्यार्थीलाई सुशोभन शपथ खुवाएका थिए ।

समारोहमा आइडिया स्टुडियो नेपालका सहसंस्थापक डा. छिरिङ लामा मुख्य वक्ताको रुपमा थिए । उनले दीक्षित हुने सम्पूर्ण विद्यार्थीलाई अध्ययन गरेको ज्ञान र प्राप्त सिपलाई राष्ट्र र राष्ट्रियतासँग जोड्दै समुन्नत भविष्यका लागि सुसंस्कृत हुँदै अगाडि बढ्न सुझाव दिए ।

कलेजले केएमसी एकेडेमिक एक्सिलेन्ज अवार्ड अन्तर्गत बीबीए तर्फ इस्तर घिमिरे, बीबीएम तर्फ अनिशा तामाङ, बीसीएतर्फ श्रद्धा डंगोल, बीएतर्फ प्रजिता प्रधान, बीबीएसतर्फ शेली घले , एमएतर्फ रेजी मानन्धर तथा एमबीएसतर्फ भीष्म भण्डारीलाई प्रमाणपत्र तथा प्रति विद्यार्थी २५ हजार नगदका दरले सम्मान गरिएको थियो ।

बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट बीबीएस तर्फ रेबिका डंगोल, बीबीएमतर्फ समिर भुषाल तथा बीबीएतर्फ आकृति तामाङलाई प्रमाणपत्र, अवार्ड तथा २५ हजार नगदका दरले सम्मान गरिएको थियो ।

स्नातकोत्तर तहतर्फ बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट एमएका बिमलेन्द्र राइलाई प्रमाणपत्र, अवार्ड तथा २५ हजार नगदबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?