+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
१२० बलमा १५६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

प्रधानमन्त्री र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल

छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १६:४९

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो ।

छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् । अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?