+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

जनताको मन जितेर राजनीतिक मुद्दा सम्बोधनको प्रक्रियामा लाग्न प्रधानमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १९:३२

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैं सहभागी हुन आग्रह गरेककी छिन् ।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको राष्ट्रिय अनुष्ठानमा सहभागी हुन आग्रह गरेकी हुन् ।

अहिलेको सरकारसँग धेरै पक्षका धेरै अपेक्षा भए पनि आफहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताइन् ।

सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढंगले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे ।

प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?