+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्ने संख्या १०८ पुगेको छ।
  • निर्वाचन आयोगले दल दर्ता गर्ने समय आइतबारसम्म थपेको छ र थप दल दर्ता हुनसक्नेछन्।
  • हालसम्म निर्वाचन आयोगमा १३९ दल दर्ता भइसकेका छन् र नयाँ दलको संख्या २३ पुगेको छ।

१२ मंसिर, काठमाडौं । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् ।

४ मंसिर २०७९ को प्रतिनिधिसभाको चुनावमा ८४ वटा दलले सहभागिता जनाएका थिए । यसपटक यो संख्या उल्लेख्य बढेको छ ।

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या भने १३९ पुगेको छ । बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन् ।

बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वाेदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका थिए । यससँगै जेनजी आन्दोलनपछि मात्रै दर्ता हुने नयाँ दलको संख्या २३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?