१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित र विशेष महाधिवेशन दुवै गर्न सकिने विकल्प सभापति शेरबहादुर देउवासँग राखेका छन् ।
सभापति देउवासँग बिहीबार साँझ भएको छलफलमा महामन्त्री उक्त विकल्प अघि सारेका हुन् ।
यसै महिना विशेष महाधिवेशन गर्ने र अर्को मंसिरमा १५औं महधिवेशन गर्न सकिने विकल्प महामन्त्री शर्माले राखेका हुन् ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वबाट चुनावमा जाने र त्यसपछि हुने नियमित महाधिवेशनबाट अर्को नेतृत्व चयन गर्न सकिने विकल्प महामन्त्री शर्माले अघि सारेका हुन् ।
कांग्रेसमा चुनावअघि वा पछि महाधिवेशन गर्ने विवाद छ । साथै, विशेष महाधिवेशनका लागि प्रस्ताव समेत दर्ता भएको छ । विशेष महाधिवेशनको एजेन्डामा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिको बैठक निरन्तर सरिरहेको छ ।
बिहीबारदेखि सभापति देउवासँग तीन शीर्ष नेताले छलफल सुरु गरेका छन् ।
महाधिवेशनका विषयमा बिहीबार सहमति जुट्न नसकेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र शर्माले आज पनि छलफल गर्दैछन् ।
प्रतिक्रिया 4