News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर जाने श्रमिक यात्रुका लागि १० प्रतिशत छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ।
- निगमले प्रत्येक उडानमा दश सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ।
- श्रमिक यात्रुले आवश्यक कागजातसहित निगमको कार्यालयबाट छुट सुविधा लिन सक्ने निगमले बताएको छ।
१२ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ ।
श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दश वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय भएको निगमले जनाएको छ ।
श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट छुट सुविधा लिन सक्ने छन् । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।
प्रतिक्रिया 4