+
+
Shares

नेपाल एयरलाइन्सको दमाम र दोहा उडान बुधबार-बिहीबार रद्द

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ।
  • नेपाल एयरलाइन्सले दुबई, दोहा र दमाममा आगामी उडानका लागि सूचना वा तोकिएको नम्बरमा सम्पर्क गर्न सचेत गराएको छ।
  • खाडीमा युद्ध चर्किएसँगै नेपाल एयरलाइन्सबाहेक अन्य कम्पनीको उडान पनि निरन्तर प्रभावित भएको छ।

२० फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ ।

नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो । दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले सचेत गराएको छ ।

साथै वेबसाइटबाट समेत सूचना जारी हुने नेवानिको भनाइ छ । खाडीमा युद्ध चर्किएसँगै नेवानिबाहेक अन्य कम्पनीको उडान समेत निरन्तर प्रभावित बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?