+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा

सुर्खेतमा १८ गते तय भएको सभा सारेर २७ गते पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते ८:२८

१५ मंसिर, विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो ।

जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् ।  १० हजार समर्थकलाई उपस्थित गराउने दाबी उनीहरुले गरेका छन् ।

सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।

यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेका छन् ।

कर्णाली प्रदेशस्तरीय सभा सुर्खेतको वीरेन्द्रनगरमा यही मंसिर १८ गते गर्ने भनिएकोमा स्थगित गरेर २७ गते पुर्‍याइएको छ ।

मंसिर १८ गतेको दिन परम्परागत पूर्णिमा मेला तथा साँस्कृतिक पर्वहरु हुने भएकाले सभाको मिति सारिएको कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभा मूल व्यवस्थापन समिति संयोजक कालीबहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?