+
+
Shares

नेकपा धुलो टक्टकाएर फेरि उठ्छ : पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले निर्वाचनमा अपेक्षित परिणाम नआए पनि पार्टी पंक्तिलाई बिचलित नहुन अपिल गरे।
  • पुनले नेकपाले विचार, राजनीति, संगठन, नेतृत्व, शैली र तौरतरिका पुनर्मूल्यांकन गरी जनताको भावनाअनुसार अघि बढ्ने बताए ।
  • उनले शहीदहरुको बलिदानलाई आत्मसात गर्दै नयाँ ढंगले धुलो टक्टकाएर उठ्ने संकल्प गर्नुपर्ने उल्लेख गरे ।

६ चैत, काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट बिचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदका प्रतीमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताए ।

विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुन:मूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरुले गर्ने दाबी गरे ।

आफूहरु रुपान्तरण र सुशासनको एजेण्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरुलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे । ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरुमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं । त्यसैगरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंश गर्नेको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो । हामी पुरानो हौं, तर उस्तै खालका पुराना होइनौं । हामीले अवस्था बदल्न कोसिस गरेकै हौं । फेरि जनतामा जान्छौं’, पुनले भने ।

उनले थपे, ‘कुुनै अहंकार, विचलन, निराशा होइन, शहीदहरुको बलिदानलाई आत्मसात गर्दै नयाँ ढंगले धुलो टक्टकाएर उठ्ने संकल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठूलठूला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौं । हाम्रो अहिलेसम्मको विचार, राजनीति, संगठन, नेतृत्व, शैली, तौरतरिकाहरुलाई एकपटक ठण्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?