१० माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन् ।
पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू कारबाहीमा परेका हुन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सिन्धुली २ बाट महेश्वर दाहाल पनि पार्टीबाट टिकटका आकांक्षी थिए । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सिन्धुली २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका छन् । लेखनाथले गत निर्वाचनमा सिन्धुली २ बाट चुनाव जितेका थिए ।
बागी उम्मेदवार महेश्वरलाई समर्थन गरेका कारण हरिबोल गजुरेल पनि कारबाहीमा परेका हुन् । पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कारण अनुशासनको कारवाही गर्दै पार्टीबाट निष्कासन गरिएको नेकपाले जनाएको छ ।
प्रतिक्रिया 4