+
+
Shares

रञ्जिता श्रेष्ठ चुनाव नलड्ने, कैलाली-१ मा रामलाल डगौरा थारु उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १८:१५

५ माघ, काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा चुनावमा कैलाली–१ बाट रामलाल डगौरा थारुलाई उम्मेदवार बनाउने भएको छ ।

थारु टीकापुर नगरपालिकाका मेयर हुन् । २०७९ को स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थारुलाई नेकपाले सांसद पदको टिकट दिएको हो ।

नागरिक उन्मुक्ति पार्टी पृष्ठभूमिका नेताले सांसदको टिकट पाएको यही एउटा क्षेत्र हो । कैलाली–१ बाट गत चुनाव रञ्जिता श्रेष्ठले जितेकी थिइन् । त्यसबेला उनी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष थिइन् ।

केही समयअघि आफू नेतृत्वको पार्टी नेकपामा समाहित गरेकी श्रेष्ठले यसपटक चुनाव लडिनन् । ‘यसपटक मैले चुनाव लडिनँ, अब सबै उम्मेदवार मेरो भयो,’ श्रेष्ठले भनिन् ।

सूदुरपश्चिमको १६ सिटमा नेकपाले चार जना एमाले पृष्ठभूमिका नेतालाई टिकट दिएको छ । बाजुराबाट प्रकाश शाह, अछाम–१ बाट भीम रावल, कैलाली–५ बाट प्रेम आले र कञ्चनपुर–२ बाट माधव पन्तले टिकट पाएका छन् ।

एमालेबाट निष्कासनमा परेका रावलले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए । शाहले एमाले छोडेर बसेका थिए । आले र पन्त भने एकीकृत समाजवादीमा थिए ।

बाँकी क्षेत्रमा भने माओवादी पृष्ठभूमिका नेताहरूले टिकट पाएका छन् । नेकपामाले अछाम–२ मा शरदसिंह भण्डारी, बझाङमा मीनबहादुर कँुवर, डोटीमा त्रिलोचन भट्ट, कैलाली–२ मा नन्दबहादुर साउद, कैलाली–३ मा वीरमान चौधरी, कैलाली–४ मा हरिराम चौधरी, कञ्चनपुर–१ मा बिना मगर, कञ्चनपुर–३ मा मानबहादुर सुनार र डडेलधुरामा मानसिंह मालले टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?