+
+
Shares

उमेश यादवले नेकपा छाडेपछि सप्तरी २ मा विद्यार्थी नेता गजेन्द्र यादवको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री उमेश यादवले पार्टी परित्याग गरेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीबाट विद्यार्थी नेता गजेन्द्र यादवको नाम चर्चामा आएको छ।
  • गजेन्द्र यादव अखिल (क्रान्तिकारी)का उपमहासचिव र मधेश प्रदेशको इन्चार्ज समेत हुन् र इञ्जिनियर पृष्ठभूमिका हुन्।
  • सप्तरी २ मा ०७९ सालको संसदीय निर्वाचनमा सिके राउत विजयी भएका थिए भने ०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।

२६ पुस, सप्तरी । उम्मेदवार सिफारिस गरिएका पूर्वमन्त्री उमेश यादवले पार्टी परित्याग गरेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीबाट विद्यार्थी नेता गजेन्द्र यादवको नाम चर्चामा आएको छ ।

अखिल (क्रान्तिकारी)का उपमहासचिवसमेत रहेका गजेन्द्र इञ्जिनियर पृष्ठभूमिका हुन् । यसअघि नेकपाले सिफारिस गरेका पूर्वमन्त्री यादवले अकस्मात पार्टी परित्याग गरेपछि युवा उम्मेदवारको रूपमा उनको नाम अघि आएको हो ।

उनी अखिल (क्रान्तिकारी)का मधेश प्रदेशको इन्चार्जसमेत हुन् । ०७९मा सम्पन्न संसदीय निर्वाचनमा यस क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका थिए । राउतले उपेन्द्र यादवलाई पराजित गरेका थिए ।

सप्तरी २ मा ०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?