+
+
Shares

डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले डा. मित्र परियारलाई आज बिहान पार्टीमा स्वागत गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले परियारलाई हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे ।
  • डा. परियारले दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने बताए ।

११ पुस, काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे ।

बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए ।

डा. परियारले पनि जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताए । उनले अब दलित मुक्ति आन्दोलन नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?