११ पुस, काठमाडौं । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा खटिएको नेपाली सेनाको टोली फर्किएर अहिले नयाँ टोली त्यहाँ गएको हो । युद्धभैरव गण अन्तर्गत तेस्रो डफ्फालाई गोरखनाथ गणको चौथो डफ्फाले बदली गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
गोरखनाथ गणको चौथो डफ्फाका २२५ शान्ति सैनिक १० पुसमा मिसन इलाका प्रस्थान गरेका छन् ।
यो मिसनमा खटिएका युद्धभैरव गणका २२४ नेपाली शान्ति सैनिकहरू पुस १० गते नै स्वदेश फिर्ता भएका छन् । हालसम्म यो मिसनमा नेपाली सेनाका १ हजार १८८ जना शान्ति सैनिक कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4