+
+
Shares

गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अध्यक्ष पदबाट पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १४:५१

११ पुस, काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अध्यक्ष पदबाट पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशनात्मक आदेश गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना छानबिनका लागि सरकारले जाँचबुझ आयोग बनाएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको

जाँचबुझ आयोगको औचित्य र निष्पक्षतामाथि प्रश्न उठाउँदै अधिवक्ता पिपिन ढकालले गत कात्तिक १८ गते रिट दायर गरेका थिए ।

जाँचबुझ आयोगमा कार्की अध्यक्ष छन् भने विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
अधिवक्ता विपिन ढकालले तीनै जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?