+
+
Shares

जाँचबुझ आयोगका अध्यक्ष भन्छन्- बाँकी सबैलाई अर्को हप्ता बयानमा बोलाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते २०:२८

२ पुस, काठमाडौं । जेनजी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए ।

‘हामी सबैलाई बोलाउँछौं । अर्को हप्ता बोलाउँछौं । सबैलाई बोलाउँछौं,’ उनले भनेका छन्, ‘नआउनेहरूलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा गरौंला ।’

अन्तरिम सरकारले जेनजी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?