+
+
Shares

सहकारी पीडितको प्रदर्शन जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १४:३५

१५ मंसिर, काठमाडौं । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् ।

मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए ।

छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो उनको थियो ।

सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाइ छ ।

सरकारले पटकपटक वार्ता गरेपनि आफुहरूको माग पूरा नगरेको बताउँदै उनले कतिपय सहकारी पीडितहरू डिप्रेशनको शिकार समेत बनेको बताए ।

सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताउँदै उनले आफू पनि डिप्रेशनको शिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिए ।

प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनितिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ?’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?