१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्रसँग राष्ट्र र राष्ट्रियता रक्षाका लागि कम्युनिस्ट पार्टीबीच एकता भएको बताएका छन् ।
विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको पीरमर्कालाई सम्बोधन गर्दै सबै किसिमको विकृति अन्त्यका लागि नयाँ सोच बोकेर अघि बढेको बताए ।
उनले राम्रा काममा गौरबबोध र कमजोरीलाई सुधार गर्ने संकल्प गर्न पनि आग्रह गरे । उनले पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह गरे ।
उनले आउने चुनावबाट देश बनाउने पार्टी ठूलो शक्ति बन्ने अभियानमा जुट्न पनि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4