+
+
Shares

थ्रीलर फिल्म ‘अभिमन्यु’ को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'अभिमन्यु : अध्याय १' को प्रिमियर सोमबार क्यूएफएक्स लाबिम मलस्थित थिएटरमा गरिएको छ।
  • सुशान्त गौतम निर्देशित सामाजिक थ्रिलर फिल्मले दाइजो संस्कृतिको क्रूर वास्तविकताको कथा प्रस्तुत गर्छ।
  • फिल्मको रनटाइम १०८ मिनेट छ र एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ।

काठमाडौं । विहीबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अभिमन्यु : अध्याय १’ लाई प्रिमियर गरिएको छ । सोमबार क्यूएफएक्सको लाबिम मलस्थित थिएटरमा आयोजित समारोहमा फिल्मको प्रथम प्रदर्शन गरियो ।

प्रिमियरमा फिल्मको ‘कास्ट र क्रू’ सहभागी थिए । कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङ्देल, लक्ष्मी बर्देवा लगायतका कलाकार समारोहमा देखिए ।

सुशान्त गौतम निर्देशित यो फिल्मको रनटाइम १०८ मिनेट छ ।

यो सामाजिक थ्रिलर फिल्मले दाइजो संस्कृतिको क्रूर वास्तविकताको कथा पेश गर्छ । तपाईंलाई थ्रीलर फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । ट्रेलरले प्रशंसा प्राप्त गरिसकेको छ । सेभेन सिज सिनेमाको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?