+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
चितवन राइनोज 2025
86/0 (10.6)
Shares

गगनले लिखित दर्ज गरेको अतिरिक्त प्रस्तावमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको कार्यतालिका सोमबार पारित भएको छ ।
  • सोही दिन महामन्त्री गगन थापाले अतिरिक्त प्रस्ताव लिखित रूपमा केन्द्रीय समितिमा दर्ता गरेक छन्।
  • महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकमा सर्वसम्मत पारित भएको छ।

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार महाधिवेशनको कार्यतालिका प्रस्तुत गरिसकेपछि महामन्त्री गगन थापाले आफ्नो अतिरिक्त प्रस्तावका विषयमा केन्द्रीय समितिमा विचार राख्न चाहेका थिए ।

कार्यबाहक सभापतिले महामन्त्री थापालाई धारणा राख्नुभन्दा लिखित प्रस्ताव दर्ता गर्न आग्रह गरे । महामन्त्रीनिकट केन्द्रीय सदस्यहरूका महाधिवेशनको तालिका र समय ग्यापबारे उनले आफ्नो धारणा राख्न चाहेका थिए ।

कार्यवाहक सभापतिले महामन्त्री थापा बोल्न सुरु गरेपछि बहस दोहोरिने भन्दै लिखित दर्ज गर्न आग्रह गरेका थिए । कार्यबाहक सभापतिको आग्रहपछि महामन्त्रीले अतिरिक्त प्रस्ताव लिखित रूपमै प्रस्तुत गरे । यसपछि थापाको अतिरिक्त प्रस्ताव के थियो भन्ने आमजिज्ञासा देखियो ।

एक केन्द्रीय सदस्यले भने, ‘नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुपर्‍यो । कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वत: विशेष महाधिवेशन हुनेछ’ भन्ने मुख्य विषयवस्तु नै अतिरिक्त प्रस्तावको सार हो ।’

कार्यतालिका बमोजिम १५ औं महाधिवेशन नगर्ने नियत देखिए विशेष महाधिवेशनको प्रक्रियामा जाने संस्थापनइतर पक्षले जनाइसकेको छ ।

सभापति शेरबहादुर देउवानिकट शीर्ष तहका नेताहरू विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता गरेर मात्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पक्षमा थिए ।

सभापति देउवा निवासमा भएको शीर्ष नेताको बैठकमा दुई महामन्त्री थापा र शर्माले हस्ताक्षर फिर्ता लिने नसकिने अडान लिएपछि देउवाले यथास्थितिमै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन निर्देशन दिए । ।

सभापति देउवा स्वयं कार्यतालिका ल्याउने पक्षमा देखिएपछि चुनावअघि महाधिवेशन गर्न हुँदैन भन्ने पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि पूर्वअडानबाट पछि हटेका थिए ।

सोही अनुसार पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने गरी सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति खड्काले कार्यतालिका पेश गरे । सो कार्यतालिका सर्वसम्मत पारित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?