+
+
Shares

यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका

सिंगापुरबाट फर्किएपछि सभापति देउवाले असन्तुष्ट नेताहरूसँग पटकपटक छलफल गरी पुसभित्रै नियमित महाधिवेशनका लागि मनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको सिंगो कार्यसमितिले आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिए।
  • कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ।

१५ मंसिर, काठमाडौं । लामो रस्साकस्सीपछि अन्तत: सहमति जुटाउँदै नेपाली कांग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएसँगै यो गाँठो फुकेको हो ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसभित्र २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशनको माग जोडसँग उठेको थियो ।

पार्टीको संस्थापन पक्ष त्यसमा सहमत नदेखिएपछि संस्थापनइतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको थियो । १४औं महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको निवेदन असोज २८ मा केन्द्रीय कार्यालयमा दर्ता भएको थियो ।

त्यसपछि पार्टी विशेष कि नियमित महाधिवेशन भन्ने विवादलाई लिएर दुई कित्तामा बाँडिएको थियो । संस्थापनपक्षमा रहेका पूर्वपदाधिकारीहरूले फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नै नरहेको भन्दै आगामी वैशाखमा गर्नुपर्ने विकल्पसहित तत्काल नियमित र विशेष दुवै प्रस्ताव खारेज गरिरहेका थिए ।

कांग्रेस विधानमा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नु पर्ने व्यवस्था छ । त्यसकारण आगामी पुसको २८ गतेभित्र जसरी पनि विशेष महाधिवेशन गर्नैपर्ने दबाब कांग्रेसमा थियो ।

तर, विशेषमा जाँदा पार्टी विभाजन हुने जोखिम रहेको भन्दै कार्यबाहक सभापति खड्कालगायतले सहमतिको निरन्तर प्रयास गरिरहेका थिए । उपचार सकेर सिंगापुरबाट फर्किएपछि सभापति देउवाले नै असन्तुष्ट नेताहरूलाई बोलाएर पटकपटक छलफल गरी पुस अन्तिममा नियमित महाधिवेशनका लागि मनाएका हुन् ।

यस्तो छ कार्यतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?