+
+
Shares

कांग्रेस कार्यसमितिको म्याद २ महिना थपियो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ।
  • अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ।
  • कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ र सोमबारको बैठक वरिष्ठ उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो।

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रित कार्यसमितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो ।

अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो ।

कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?