+
+
Shares

अधिवेशन नै भइसकेपछि विशेषको औचित्य रहँदैन : कांग्रेस प्रवक्ता महत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:०४

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका छन् ।

सानेपामा केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका हुन् ।

‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि । मूल कुरो अधिवेशन समयमा हुनुपर्‍यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि,’ प्रवक्ता महतले भने, ‘त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’

उनले विशेष महाधिवेशनको माग निष्कृय हुने तर्क पनि गरे । ‘स्वत: निष्कृय यस मानेमा पनि हुन्छ किनकी हामीले माघ ८ गतेभित्रै टुंग्याउने भनेका छौं । त्यसको आधारमा जुन निर्वाचन हुन्छ, त्यसले हिजो प्रतिनिधित्व नभएकाहरूलाई पनि प्रतिनिधित्व गर्ने सुनिश्चितता गर्छ १५ औंले,’ महतले भने, ‘विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ । अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन ।’

विशेष महाधिवेशन पक्षधरले २९ असोजमा झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?